बुढानिलकण्ठ–३ का वडा अध्यक्ष आकस धितालद्वारा नेपाल सितोरियो कराते डोजोलाई खेल सामग्री हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०८२, बुधबार ०६:५६

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका–३ का वडा अध्यक्ष आदरणीय आकस धिताल ज्युले वडा कार्यालय तथा वडा समितिको बजेटबाट बुढानिलकण्ठ नेपाल सितोरियो कराते डोजोका प्रशिक्षक Prem Lal Bomjan ज्युलाई प्रशिक्षणका लागि आवश्यक खेलकुद सामग्रीहरू प्रदान गर्नुभएको छ।

स्थानीय तहको बजेटलाई खेलकुद विकासतर्फ प्राथमिकता दिँदै युवा–बालबालिकालाई स्वस्थ, अनुशासित र सक्षम बनाउने उद्देश्यले यो सामग्री वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ। वडा स्तरमै खेलकुद प्रवर्द्धनमा यस्तो कदम अनुकरणीय रहेको प्रत्यक्षदर्शीहरू बताउँछन्।

खेलाडीहरूका लागि अझ प्रभावकारी, सुरक्षित र व्यवस्थित प्रशिक्षण वातावरण निर्माण होस् भन्ने उद्देश्यले गरिएको यो सहयोगप्रति बुढानिलकण्ठ–३ का प्रतिनिधि, सदस्य तथा सम्पूर्ण कराते डोजो परिवारले वडा अध्यक्ष धिताल तथा वडा कार्यालयप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गरेका छन्।

डोजोका अनुसार, प्राप्त सामग्रीले प्रशिक्षणमा नयाँ ऊर्जा थपिएको छ। विद्यार्थीहरूलाई गुणस्तरीय अभ्यासका लागि आवश्यक संरचना र साधन उपलब्ध भएपछि उनीहरूको सीप विकासमा उल्लेखनीय सुधार आउने विश्वास लिइएको छ।

साथै, निरन्तर अभ्यास र उत्कृष्ट प्रदर्शनमार्फत बुढानिलकण्ठ तथा वडा नं. ३ लाई स्थानीय तथा राष्ट्रिय खेल क्षेत्रमा परिचित गराउँदै लैजाने प्रतिबद्धता प्रशिक्षक तथा डोजो परिवारले व्यक्त गरेको छ।

समग्रमा, वडा समितिको बजेटबाट गरिएको यो सहयोग बुढानिलकण्ठ क्षेत्रका खेलाडीहरूको मनोबल अभिवृद्धि, सीप विकास र खेलकुद प्रवर्द्धनको दिशामा महत्वपूर्ण र सकारात्मक कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply