कागेश्वरी मनोहरा नगरपालिकामा क्षयरोग मुक्त अभियानअन्तर्गत कार्ययोजना निर्माण बैठक सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०८२, मंगलवार ०६:१२

काठमाडौँ । क्षयरोग मुक्त अभियानलाई निरन्तरता दिँदै कागेश्वरी मनोहरा नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरूका क्षयरोग फोकल पर्सन, ल्याब प्राविधिक तथा क्षयरोग वडा समिति प्रतिनिधिहरूसँग कार्ययोजना निर्माणसम्बन्धी बैठक सफलतापूर्वक सम्पन्न गरिएको छ।

बैठकमा नगरभित्र क्षयरोग नियन्त्रणका लागि आवश्यक कदम, समुदाय–केन्द्रित सेवा विस्तार, जोखिम समूह पहिचान, उपचार परामर्श, नियमित अनुगमन तथा जनचेतना अभिवृद्धि जस्ता विषयमा विस्तृत छलफल भएको नगर स्वास्थ्य शाखाले जनाएको छ।

कार्यक्रमले आगामी महिनामा क्षयरोग खोज, परीक्षण, उपचार तथा निगरानीलाई अझ प्रभावकारी बनाउने ठोस कार्ययोजना निर्माणमा सहयोग पुर्‍याएको बताइएको छ।

नगरपालिकाले “क्षयरोगमुक्त नगरपालिका” लक्ष्यलाई पूरा गर्न सबै वडाहरूमा नियमित स्वास्थ्य सेवा विस्तार, घरमै पुगेर परामर्श, र जनसहभागिता अभिवृद्धिमा जोड दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

Leave a Reply