काठमाडौँ । गत वर्ष चैत १५ गते तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रजकलाई राज्यका तर्फबाट शहीदको दर्जा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका हुन्।
पत्रकार रजक २०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनको क्रममा प्रहरी हस्तक्षेपपछि मृत्यु भएका थिए। घटना भएपछि लामो समयदेखि पत्रकार महासंघ, विभिन्न सञ्चारकर्मी संगठन तथा परिवारले रजकलाई शहीद घोषणा गर्न माग गर्दै आएका थिए।
सरकारको यो निर्णयले पत्रकारको जीवन सुरक्षा, अभिव्यक्ति स्वतन्त्रता र सञ्चार क्षेत्रप्रतिको उत्तरदायित्व प्रति राज्यको प्रतिबद्धता देखाएको सञ्चारकर्मीहरूले बताएका छन्।
रजकका परिवारले पनि निर्णयप्रति कृतज्ञता व्यक्त गर्दै दोषीमाथि कारबाही र पीडित परिवारका लागि दीर्घकालीन सहयोगको माग दोहोर्याएका छन्।
प्रतिक्रिया