ज्येष्ठ नागरिक स्याहारका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०८२, आईतवार ०७:०५

काठमाडौँ । तस्विरमा देखिएको ज्येष्ठ नागरिकहरूको आधारभूत स्याहार तथा सहयोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गोकर्णेश्वर–९ को साझेदारी तथा अंगालो ज्येष्ठ जीवन बहुमूल्य प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको छ।

घरमै ज्येष्ठ नागरिकको हेरचाह र सहयोग प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई लक्षित गरी २ दिने प्रशिक्षक तालिम सञ्चालन गरिएको हो। अभिमुखिकरणमार्फत सहभागीहरूलाई दैनिक स्याहार, स्वास्थ्य व्यवस्थापन, मनोसामाजिक सहयोग तथा जोखिम व्यवस्थापन जस्ता विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका–९ का वडा अध्यक्ष राजीव थापा रहेका थिए। अध्यक्ष थापाले ज्येष्ठ नागरिकमैत्री समुदाय निर्माणका लागि यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै स्याहारकर्ताहरूको भूमिकाको प्रशंसा गरेका थिए।

प्रतिक्रिया

Leave a Reply