प्रचण्डको आरोप : ‘कार्की सरकारले दीर्घकालीन सन्धि–सम्झौता अघि बढाउने म्यान्डेट छैन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ मंसिर २०८२, मंगलवार ०६:२१

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले चुनावी प्रयोजनबाहेक दीर्घकालीन प्रभाव पार्ने खालका सन्धि, सम्झौता वा परियोजना अगाडि बढाउने म्यान्डेट नरहेको बताएका छन्।

सोमबार मोरङको विराटनगरमा आयोजित पार्टी एकता सन्देश सभा लाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकारलाई अन्तरिम प्रकृतिको सरकारले भन्दै यस्तो निर्णय सरकारको अधिकारक्षेत्रभन्दा बाहिर पर्ने टिप्पणी गरे।

प्रचण्डले भने, “यो अन्तरिम सरकार मुख्यत: चुनावी प्रयोजनका लागि बनेको हो। यदि सरकारले दीर्घकालीन अर्थ राख्ने सन्धि–सम्झौता वा परियोजना अघि बढाउँछ भने त्यो म्यान्डेटभन्दा बाहिरको कुरा हो। त्यसविरुद्ध आवाज उठाउन जरुरी छ।”

उनका अनुसार वर्तमान सरकार गठनमा आफ्नो समूहको समेत भूमिका रहेको र अब सरकारले घोषित मितिअनुसार स्वच्छ, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउने वातावरण तयार गर्नुपर्ने जिम्मेवारी छ।

प्रचण्डले नेकपा देशभर चुनावी अभियान सक्रिय रूपमा अघि बढाइसकेको जनाएको छ।

प्रतिक्रिया