काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका, वडा नं. ३ बाट क्रिकेट विकासका लागि “One Ward, One Pitch” अभियान सुरु गरिएको छ। यो पहल क्रिकेटको लोकप्रियता बढाउने र स्थानीय खेलाडीहरूको प्रतिभा विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो।
वडा अध्यक्ष आकाश धितालले अभियानको सफल सुरुवातमा वडा परिवारसँग सिफारिस र सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै नमन र धन्यवाद व्यक्त गरेका छन्। उनले भने, “स्थानीय स्तरमै खेल विकास गर्नु जरुरी छ र यस किसिमको पहलले बालबालिका र युवाहरूमा खेलप्रतिको उत्साह जगाउँछ।”
अभियानअन्तर्गत, वडाका खेलप्रेमी, शिक्षक र युवा स्वयंसेवकहरूले मिलेर क्रिकेट खेलका लागि आवश्यक संरचना र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइएको छ।
प्रतिक्रिया