काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि आज देशैभरि प्रतिनिधि छनोट भएको छ। करिब २,००२ प्रतिनिधि शान्तिपूर्ण रूपमा चयन भएका छन्।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अधिकांश कमिटीमा प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएका छन् भने केही ठाउँमा निर्वाचनमार्फत प्रतिनिधि छनोट भएको छ। उनले भने, “छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनोट प्रक्रिया पनि निर्वाचनमार्फत टुङ्ग्याउने निर्देशन दिइएको छ।”
एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुने व्यवस्था रहेको छ। आज छनोट भएका प्रतिनिधिहरूको विवरण मङ्सिर १५ भित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिइएको छ।
एमालेले यही मङ्सिर २७ देखि २९ गतेसम्म भक्तपुरमा महाधिवेशन गर्ने तयारी गरेको छ।
प्रतिक्रिया