धनुषा । सात वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक ६७ वर्षीय वृद्ध पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका रामभगत साहलाई स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएर प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार बालिका एक्लै भएको समयमा साहले कर्तुत गर्न खोजेको र घटनापछि भाग्ने क्रममा स्थानीयले नै समाती प्रहरीको जिम्मा लगाएका थिए।
पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ। आरोपी साहलाई हिरासतमा राखी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राजाराम यादवले जानकारी दिए।
प्रतिक्रिया