काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले आउँदो फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन नहुने दाबी गर्दै वर्तमान सरकारप्रति कडा टिप्पणी गरेका छन्। शनिबार आयोजित कार्यक्रममा प्रसाईँले निर्वाचन नहुने आफ्नो अडान पुनः दोहोर्याउँदै सरकारको विश्वसनीयता र क्षमतामाथि प्रश्न उठाए।
प्रसाईँले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि आरोप लगाउँदै उनले आफैँले सरकारी जग्गा मिचेको दाबी गरे। आफूले भने हालसम्म कुनै पनि भ्रष्टाचार, अनियमितता वा गैरकानुनी गतिविधि नगरेको जिकिर उनले दोहोराए।
उनले भने, “चुनाव नै हुँदैन, चुनाव नहुने कुरा स्पष्ट छ। अहिलेको सरकार पनि अघिल्लै सरकारभन्दा फरक छैन। प्रधानमन्त्री सुशीला कार्कीले आफैँ सरकारी जग्गा मिचेको रहेछ। के को भ्रष्टाचार विरोधी ? मैले कुनै अनियमितता गरेको छैन।”
प्रसाईँले यही मंसिर २२ गते प्रधानमन्त्री कार्कीसँग आफ्ना मागहरू बुझाउने बताउँदै माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएका छन्। उनका मागहरू जायज रहेको दाबी गर्दै उनले देशको राजनीतिक नेतृत्वले जनतालाई निराश बनाएको आरोप पनि लगाए।
प्रतिक्रिया