काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश वर्तमानमा संकटग्रस्त रहेको बताएका छन्। बिहीबार आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब कम्युनिष्ट पार्टी मात्र देश बचाउन सक्ने अवस्था नरहेको औंल्याए।
प्रचण्डले भने, “लोकतन्त्र, शान्ति र संविधानको पक्षमा उभिएका अन्य राजनीतिक शक्ति, मुख्यतः नेपाली कांग्रेससँग पनि सहकार्य गर्नुपर्नेछ।” उनका अनुसार कांग्रेसलगायत लोकतान्त्रिक शक्तिसँग मिलेर मात्रै राष्ट्रको सुरक्षा गर्न सकिन्छ।
साथै, उनले नयाँ समाजवादको आधार तयार गर्ने दिशामा पार्टी अघि बढिरहेको बताए। विगतको २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच एकता भएको थियो। आगामी फागुन २१ का प्रतिनिधिसभा निर्वाचनमा पनि दुई पक्षबीच गठबन्धन वा तालमेल हुन सक्ने सम्भावना व्यक्त गरिएको छ।
तर, कांग्रेसका केही नेताहरू भने एकल रूपमा निर्वाचनमा जाने पक्षमा रहेको जनाइएको छ।
प्रतिक्रिया