विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ मंसिर २०८२, बिहीबार ०५:०५

काठमाडौँ । विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता हुने भएको छ। विवेकशील साझाले आधिकारिक रूपमा रास्वपासँग एकीकरण गर्ने निर्णय गरेको हो।

पार्टीको केन्द्रीय समिति बैठकले उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारद्वारा पेश गरिएको ‘वैकल्पिक राजनीतिक दलबीचको बृहत्तर ध्रुवीकरण प्रस्ताव’ सर्वसम्मत रूपमा पारित गर्दै रास्वपासँग पार्टी एकता गर्ने निर्णय गरेको प्रवक्ता आशुतोष प्रधानले जानकारी दिए।

उपाध्यक्ष परियारका अनुसार पछिल्ला दिनमा सक्रिय बनेको ‘जेनजी विद्रोह’ अभियानले रास्वपासँगको एकता प्रक्रियालाई झन् तीव्र बनाइदिएको छ। उनले भने, “निर्वाचनमा पहिलो शक्ति भई नेपाली जनताको विकास, समृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्व पूरा गर्ने प्रतिबद्धताका साथ यो ऐतिहासिक निर्णय गरिएको हो।”

एकीकरणसम्बन्धी प्राविधिक पक्षहरू दुवै दलका शीर्ष नेतृत्वबीच सहमतिमै चाँडै टुंग्याइने प्रवक्ता प्रधानले बताए। उनका अनुसार आगामी आइतबार राष्ट्रिय सभागृहमा संयुक्त एकता घोषणा कार्यक्रम आयोजना गरिनेछ।

प्रतिक्रिया