काठमाडौँ । नेपाल प्रहरीले तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ ।
सोमबार प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखाले डिआइजीहरूको सरुवाको निर्णय सार्वजनिक गरेको हो ।
विनोद घिमिरे कोशी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन भएका छन् । दिलिप सिंह देउवा प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा भएका छन् भने त्यस्तै प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा दिपककुमार बस्नेतको सरूवा गरेको हो।

प्रतिक्रिया