नेकपा एमाले बुढानिलकण्ठका उपाध्यक्ष शम्भु भट्टराई महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने तयारीमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ मंसिर २०८२, सोमबार ०८:००

काठमाडौँ। नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका उपाध्यक्ष शम्भु प्रसाद भट्टराई आगामी ११ औँ महाधिवेशनमा काठमाण्डौ क्षेत्र नं. ४ बाट प्रतिनिधि पदको उम्मेद्वारी दिने तयारीमा छन्।

भट्टराई बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ का अध्यक्ष समेत रहँदै आएको अनुभव र नेतृत्व क्षमताका आधारमा यस पटक प्रतिनिधि बन्ने लक्ष्य राखेका छन्।

उम्मेद्वारी तयारीसँगै भट्टराईले आन्तरिक छलफल, परामर्श र सामूहिक अन्तरक्रियालाई तीव्रता दिएका छन्। उनका अनुसार, “सदस्यहरूको सुझाव र सहकार्य बिना प्रभावकारी नेतृत्व सम्भव छैन। यसैले सबै तहसँग नजिक भएर साझा लक्ष्यमा काम गरिरहेका छौं।”

भट्टराईले आगामी कार्ययोजना र स्थानीय विकास योजनामा नयाँ गति र सशक्त कार्यान्वयन सुनिश्चित गर्ने योजना सार्वजनिक गरेका छन्। उनी भन्छन्,
“स्थानीय तहको विकास, सुशासन र जनताप्रति जवाफदेहीपनालाई अझ सुदृढ बनाउने हाम्रो प्राथमिकता हो। प्रतिनिधि भए नगरपालिकाको क्षमतामा थप बल हुनेछ।”

बुढानिलकण्ठ नगरपालिका सुशासन तथा क्षमता विकास समितिका संयोजक समेत रहेका भट्टराईले आफूलाई प्रतिनिधि बनाउने क्रममा सम्पूर्ण सदस्य र कार्यकर्ताहरूको समर्थन र सक्रिय सहभागिता आवश्यक रहेको बताए।

उहाँको उम्मेद्वारीले स्थानीय विकासलाई तीव्रता दिने, पार्टी एकता मजबुत गर्ने र कार्यनिष्पादनलाई सशक्त बनाउने अपेक्षा गरिएको छ। यससँगै नगर विकासमा थप गति, पार्टीको संगठन सुदृढीकरण र जनता माझ सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया