काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले मलेसियामा हुने एशियन डोज्बल च्याम्पियनशिपमा सहभागी हुन प्रस्थान गर्न लागेको नेपाली डोज्बल टोलीलाई औपचारिक रूपमा विदाइ गरेका छन्। विदाइ कार्यक्रममा नगर प्रमुख अधिकारीले खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रको गौरव बढाउने विश्वास व्यक्त गर्दै शुभकामना दिए।
उनले खेलकूदलाई नगरको प्रतिष्ठा र युवाहरूको क्षमताविकाससँग जोडिएको क्षेत्र भएको उल्लेख गर्दै बुढानीलकण्ठ नगरपालिका आगामी दिनमा पनि खेलकूद विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याए। कार्यक्रममा टोली व्यवस्थापक, प्रशिक्षक तथा खेलाडीहरू उपस्थित थिए। टोली निकट भविष्यमा मलेसियातर्फ प्रस्थान गर्नेछ।
प्रतिक्रिया