सुनिता दुलाल लगनगाँठो कस्दै, को हुन् दुलाहा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०८२, मंगलवार ०६:३३

काठमाडौं । चर्चित लोकगायिका सुनिता दुलालले यसै मंसिर १३ गते विवाह गर्दैछिन् । सिन्धुपाल्चोक स्थायी घर भएकी र हाल भक्तपुरमा बस्दै आएकी दुलालले रुकुम पश्चिम स्थायी घर भई काठमाडौंको बसोबास गर्दै आएका राजेश केसीसँग वैवाहिक बन्धनमा बाँधिन लागेकी हुन् ।

दुलाल र व्यवसायी केसीबीच करिब ४–५ वर्षदेखि प्रेम सम्बन्ध कायम रहेको बुझिएको छ । केसी नेविसंघका पूर्व केन्द्रीय सदस्यसमेत रहेकाले राजनीतिक क्षेत्रमा पनि चिनिएका व्यक्तित्व मानिन्छन् । उनी हाल निर्माण व्यवसायमा सक्रिय छन् ।

दुलाल र केसीको विवाह यही मंसिर १३ गते हुने र सोही दिन काठमाडौंको होटलमा वैवाहिक भोज आयोजना गर्ने तयारी रहेको परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया