किवानिज क्लब ताहाखेलकाे रक्तदान कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ आश्विन २०८२, शुक्रबार ०६:४९

काडमाडौं ।  किवानिज  क्लब ताहाखेलले  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानीय रेडक्रसको  सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रम  ललितपुरको  वेलकम पार्टी प्यालेस गोदावरी–१० को प्राङगढमा भएको थियो   ।

१०० युनिट रगत संकलन गर्ने गरी तयारी गरिएको कार्यक्रममा १०० युनिट ब्लड संकलन गरिएको   सिताराम बिष्टलेको भनाइ छ । “रक्तदानः जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा स्थानीय बासिन्दा, किवानिज  सदस्य, युवा तथा विभिन्न सामाजिक संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया