राति अबेर कुकरमा सिट्ठी नलगाउन प्रहरीको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० भाद्र २०८२, शुक्रबार ०५:५६

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सुरु गरेको अभियानका अनुसार अनावश्यक आवाज उत्पन्न गर्ने गतिविधिमा रोक लगाइने छ।

विशेषगरी, रात्रिकालिन समयमा लाउडस्पीकर, साउन्ड बक्स, डीजे, बाजा, जुस पसललगायतका सामग्रीहरूको ठुलो आवाज ननिकाल्न आग्रह गरिएको छ ।

बिहान ५ देखि ७ बजेसम्म अनावश्यक ठुलो आवाजमा कुराकानी गर्ने र मोटरसाइकल वा अन्य सवारी साधनको ठुलो हर्न बजाउने कार्य नगर्न प्रहरीले अनुरोध गरेको छ ।

राति अबेर कुकरमा सिट्ठी नलगाउन, शौचालय फ्लश गर्दा ठुलो आवाज आउन नदिन र सिडी प्रयोग गर्दा आवाज कम गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

slot gacor