काडमाडौं । किवानिज क्लब ताहाखेलले यही भदौ २८ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । स्थानीय रेडक्रसको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रम बिहान १०:०० बजे बाट दिउँसो २:०० बजे सम्म ललितपुरको वेलकम पार्टी प्यालेस गोदावरी–१० को प्राङगढमा सुरु हुने छ ।
किवानिज क्लब ताहाखलले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा रक्तदान कार्यक्रम आयोजना गरिएको किवानिज सिताराम बिष्टले जानकारी दिए ।
कम्तिमा १०० युनिट रगत संकलन गर्ने गरी तयारी गरिएको सिताराम बिष्टलेको भनाइ छ । “रक्तदानः जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा स्थानीय बासिन्दा, किवानिज सदस्य, युवा तथा विभिन्न सामाजिक संघ–संस्थाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको बताए ।
प्रतिक्रिया