काठमाडौं । सर्वोच्च अदालतले महिला तथा किशोरीको अण्डा निष्कासन र भण्डारण रोक्न अन्तरिम आदेश दिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यस्तो अन्तरिम आदेश दिएको हो ।
सर्वोच्च अदालतले महिला तथा बालबालिकाबाट अण्डा निष्कासन तथा भण्डारीमा तत्काल रोक लगाई प्रभावकारी नियमन र निगरानी गर्न सरकारकालाई आदेश दिएको छ । हालै किशोरीलाई प्रलोभनमा पारी अण्डा निष्कासन गरिएको घटना सार्वजनिक भएको थियो । त्यसपछि अधिवक्ता अंकिता त्रिपाठीलगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
स्वास्थ्य मन्त्रालयले निःसन्तान मापदण्ड ल्याएको छ । जसमा अण्डा तथा वीर्य दानका लागि विभिन्न सर्तहरू तोकिएको छ । यस्तै निःसन्ता सेवा केन्द्र स्थापनाका लागि पनि मापदण्ड तय गरिएको छ ।
प्रतिक्रिया