बुढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ का वडाध्यक्षहरुको कडा चेतावनी सहितको सुचना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ असार २०८२, आईतवार ०५:३७

बुढानीलकण्ठ। साविक कपन गाविस क्षेत्रमा पर्ने बुढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ का वडाध्यक्षहरुले लामो समय पछि संयुक्त सुचना जारि गरेका छन्। उक्त सुचना आनिगुम्बादेखि आरम्भचोकसम्म खहरेबाट दायाँ बायाँ घर टहरा भएका घरधनीहरुको लागि अत्यन्तै जरुरी सूचना भन्दै जारि गरिएको छ। उक्त सुचना अनुसार नेपाल सरकारको वाल (ढुङ्गाको पर्खाल ) भन्दा बाहिरपट्टि आफ्नो घरको संरचना, कम्पाउण्ड पर्खाल, घरको गेट आदि भएमा एक हप्ता भित्र भत्काउन अनुरोध गर्दै अन्यथा स्वयं वडा कार्यालयले नै भत्काउने चेतावनी दिइएको छ।

वडा नं. १२ को कार्यालयबाट असार २७ गते जारी गरिएको सूचनामा भनिएको छ: “नेपाल सरकारद्वारा खहरे किनारमा बनाइएको ढुङ्गाको पर्खाल (वाल) भित्र पर्न आउने सबै खाले संरचनाहरू — जस्तै घर, कम्पाउण्ड पर्खाल, गेट, टहरा आदि — सात दिनभित्र स्वयम् हटाउन अनुरोध गरिन्छ। समयसीमा नपुगेमा वडा कार्यालय आफैंले उक्त संरचना हटाउनेछ।”

बुढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ का वडाध्यक्षहरु क्रमश नवराज भट्टराई , राजु अधिकारी तथा शम्भु प्रसाद भट्टराईको हस्ताक्षर रहेको सुचनामा भनिएको छ –

यस बुढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ अन्तर्गत आनिगुम्बादेखि आरम्भचोकसम्म खहरेबाट दायाँ बायाँ घर टहरा भएका घरधनीहरुले खहरेबाट दायाँ बायाँ लगाइएको नेपाल सरकारको वाल (ढुङ्गाको पर्खाल ) भन्दा भित्र पट्टिबाट आफ्नो घरको संरचना, कम्पाउण्ड पर्खाल, घरको गेट बनाइदिनु हुन अनुरोध गरिन्छ । साथै सो स्थानमा निर्माण गरिएका टहरा तथा घरको संरचनाहरु एक हफ्ताभित्र भत्काई उक्त क्षेत्र खाली गरिदिनु हुन पनि अनुरोध गरिन्छ । अन्यथा वडा कार्यालय आफै भत्काउन बाध्य हुनेछ ।

प्रतिक्रिया