काठमाडौँ । जया बहुमुखी क्याम्पसका प्रिन्सिपल भवानीप्रसाद पौडेल विगत ३ दशक देखि शिक्षण पेशामा आबद्ध छन । पौडेलको जन्म कास्कीको धिताल गाविसमा भएको हो । मध्यमबर्गीय परिवारमा हुर्किएका पौडेलको जीवनमा दुःखका धेरै अनुभव छन । पढेर केहि गर्नुपर्छ भन्ने सोच बाल्यकालदेखि राख्दै आएका पौडेलले त्यहि सपना साकार पार्न विभिन्न कठिन परिस्थिती भोग्नुप¥यो । मास्टर डिग्रि पढ्दा आफैले कमाएर गुणस्तरीय शिक्षा हाँसिल गर्नु, काठमाडौको वातावरणमा घुलमिल हुनु, अध्ययनको लागि राम्रो शिक्षक र सामाग्रिहरु उपलब्ध नहुनु जस्ता कुराले परिस्थिति निकै कठिन थियोे ।
स्नातकोत्तर अध्ययनका क्रममा काठमाण्डौ रहँदा जागिरको सिलसिलामा पौडेल तत्कालिन् मनकामना मा.वि.पुगे । आफ्नै प्रयासमा त्यहाँ अध्यापनका लागि जागिर पाएका पौडेलले त्यहाँ जागिरमात्र पाएनन विद्यालयको प्रिन्सिपलको रुपमा जिम्मेवारी नै सम्हाले । विद्यालयलाइ अगाडी बढाउदै जाँदा वि. सं. २०६१ सालदेखि उच्च मावि सञ्चालनमा आयो भने ६४ सालदेखि स्नातक तहको समेत पढाइ भयो । संस्थापक जगन्नाथ देवकोटाकी सुपुत्री जया देवकोटाको अल्पायुमै असामयीक निधन भएकाले उनकै सम्झनामा जया मेमोरियल एजुकेसन फाण्डेसन दर्ता गरेर त्यसैमार्फत क्याम्पसको नाम पनि जया मल्टिपल क्याम्पस हुन गएको हो ।
शिक्षक हँु भन्न पाउँदा गर्व लाग्छ
“ म आफुले म्यानेजमेन्ट पढ्दै गर्दा एक सफल बैंकर हुने सोचेको थिएँ । पछि सिफ्ट भएर एजृुकेशन क्षेत्रमा आएँ । मैले शिक्षक भएर आफुले पाएको भनेको आत्मा सन्तुष्टि नै हो । आफुले पढाएको विद्यार्थीहरु एउटा सम्मानित पदमा पुगेको देख्दा असिम आनन्द प्राप्त हुन्छ । नेपाली सेनाको उच्च पदस्त कर्मचारीको रुपमा, प्रहरी सेवामा, बैंकमा एउटा सेवा दिने मानिसको रुपमा मैल मेरा विद्यार्थिहरुलाइ पाउँछु । त्यो देख्दा आत्मा सन्तुष्टि मिल्छ । अहिले त टेक्नोलोजिको जमाना छ । बैंकहरुमा सि सि क्यामराले रेखदेख भइरहेको हुन्छ । बैंकहरुमा जाँदा एउटा म्यानेजर लेभलको व्यक्ति सर म यहाँ छु भनेर आफुलाई चिनाउँदा सन्तुष्टि प्राप्त हुन्छ । यो क्याम्पस (मनकामना उ.मा.वि) २०३८ सालमा स्थापना भएको हो । २०६१ सालबाट प्लस टु र त्यो भन्दा माथिका कक्षाहरु सुरु गरेका हौँ । त्यस अगाडि काठमाडौंको पूर्वी भेगमा प्ल सटु क्याम्पसहरु थिएनन् । यो भेगमा खड्की रहेको उच्च शिक्षाको अभावलाई मध्यनजर गर्दै हामीले जया मल्टिपल क्याम्पस खोलेका हौँ । अहिलेको परिवेशमा भन्ने हो भने यो क्याम्पसमा उच्च शिक्षाको लागि आवश्यक सबै पूर्वाधारहरु तयार भईसकेको छ । पठन पाठनको लागि एउटा खुल्ला मैदान सहितको यो क्याम्पसमा विज्ञानका प्रयोगशालाहरु, होटल म्यानेजमेन्टका लागि आवश्यक पुर्वाधार तथा कम्युटर ल्याबको पूर्वाधारहरु तयार छ । यस क्षेत्रका अभिभावकको चाहना अनुसार नै प्लस टु देखि मास्टर डिग्रिसम्मको पठनपाठन भईरहेको छ । ”
“म आफु आज सम्म यो क्षेत्रमा छु बाँकी दिनहरु पनि यसै क्षेत्रमा बिताउन चाहन्छु । यस कलेजले अहिले सम्म सामान्य शिक्षा दिँदै आएको छ अब भने टेक्निकल शिक्षा पनि दिनुपर्छ भन्ने हामीले सोचिरहेका छाँै । जस्तै फरेस्ट्रि, कृषि क्षेत्र लगायतको विषयमा पनि शिक्षा दिनु पर्छ भन्ने सोच छ । सिपमुलक शिक्षा प्रदान गर्ने लक्ष्य रहेको छ । जया क्याम्पसमा गइयो भने सबै खालको शिक्षा चाहिँ पाइन्छ भन्ने विश्वास दिलाउन सक्ने खालको वातावरण बनाउन चाहन्छौँ । ”
दक्ष जनशक्ति पलायन हुन दिनु हुँदैन
“अहिलेको परिस्थितिमा विश्व एक घर जस्तो भएको छ । पहिला जुन खालको अवस्था थियो त्यो अहिले छैन । बाहिर गएर पढ्का लागि पनि सहजता भएको छ । युरोप तथा एशियाका देशमा गएर पढ्को लागि सहजता छ । विद्यार्थीले इच्छाएको विषयमा पढ्न पाउने अवस्था रहेको हुनाले देश विदेश जहाँ गएर पढ्दा पनि हुन्छ । विदेशमा धेरै अवसर पनि छ । नेपाल सानो मुलुक भएर पनि होला । विदेशीनु पर्ने वाध्यकारी अवस्था पनि यहाँ सिर्जना भएको हुनाले पनि विद्यार्थीहरु बाहिर जान बाध्य छन् । राज्यले पनि शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर कमिटमेन्ट गर्न सक्नु पर्छ । जस्तो भनौँ भारतले विश्वका आइटी पढ्ने विद्यार्थीलाई भारतमा ल्याउँछौँ भन्ने प्रतिबद्धता ग¥यो र हाल त्यसलाई पुरा पनि गरेको छ । विदेश गए पछि विद्यार्थी हराउने प्रवृत्ति छ, यो रोकिनु आवश्यक छ । विदेशमा गएर धेरै पूँजी खर्च गरेर बेकामे भएर देश फर्किने प्रवृत्ति चाहीँ अन्त्य हुनु पर्छ ।”
पर्यटन, जलस्रोत र कृषिमा क्रान्ति जरुरी छ
“विश्वमा नभएको चिज नेपालमा छ । सगरमाथा, हिमश्रंखला यस्ता कुरा नेपालमा छ । अमेरिकाले चाहेर पनि सगरमाथा बनाउन सक्दैन । जलस्रोत, प्राकृतिक सुन्दरता, गौतम बुद्धको देश यी यस्ता कुरा नेपालको सम्पदा हो । अरु कुनै देशले मेरो हो,म बनाउँछु भनेर सक्दैन । कृत्रिम त बनाउन सकिएला। कृषिको पनि बढी भन्दा बढी संभावना भएको देश हो नेपाल । पर्यटन, जलस्रोत र कृषि क्षेत्रको विकास गर्ने हो भने हाम्रा युवाले विदेशी भूमिमा श्रमदान गर्नु पर्दैन । राज्यले यो कुरालाई सम्बोधन गर्नु आवश्यक छ । विदेशीको खटन र नियन्त्रणमा हाम्रा युवा रहनु पर्ने अवस्था रहँदैन । राज्यले यी तीन चार कुरालाई सम्बोधन गर्ने हो भने हामी नेपाली संसारकै सुखी र खुशी मानिसमा पर्छौँ । धेरै देशहरु घुमेका मानिसहरुले त नेपाल जस्तो सुन्दर देश संसारमा कहीँ नभएको बताउँछन् । राज्यको नीति युवा लक्षित हुनु पर्छ । विदेश जाने हो भने घुम्नको लागि, सिक्नको लागि जालान् तर श्रमीक हुन जानुपर्ने अवस्था रहँदैन ।”
नेताले कम्तिमा देशको माटो बुझेको हुनुपर्छ
“हरेक नेपाली युवाले राजनीति बुझेको हुनु पर्छ । सारा संरचना राजनीतिले चलाएको छ र राजनीतिक व्यक्तिहरुले नै सारा संस्थाहरु चलाएका छन् । राजनीति गर्ने व्यक्तिले आम नेपालीलाई बुझेको हुनु प¥यो । कम्तिमा देशको माटो बुझेको हुनुप¥यो । नेपालमा कति यस्ता विकट जिल्लाहरु छन् जसका बारेमा राजनीतिकर्मीले पनि सुने जानेका छैनन् । त्यस कारण देश परिस्थिति बुझेको व्यक्ति राजनीतिमा लाग्नु पर्छ । कुनै दलको वा व्यक्तिको स्वार्थ र अभिष्ट पुरा गर्न राजनीतिमा लाग्नु राम्रो होइन । दलगत स्वार्थ भन्दा राष्ट्रिय स्वार्थलाई ध्यान दिएर राजनीति गर्ने हो भने राम्रो हुन्छ । नेपालको अहिलेको राजनीतिक संकट भनेको दलगत स्वार्थमा लाग्नाले आएको हो । पूर्व मेची देखि पश्चिम महाकालीसम्मका मानिसको भावनालाई बुझ्न सक्ने व्यक्ति राजनीतिमा लाग्नु, नेता बन्नु राम्रो हो । निजी स्वार्थको लागि राजनीतिमा लाग्नु राम्रो होइन । नकारात्मक पाटोलाई बोकेर राजनीति गर्नु राम्रो होइन । युवाले ढुङ्गा हान्ने, विद्यार्थीले कलेजको सिसा फोड्ने, कलेजको गेटमा टायर बाल्ने, प्रिन्सिपलको कुर्सि जलाउने राजनीति गर्नु भएन ।”
प्रतिक्रिया