आठौ राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश ७ छनोट

ssapana44@gmail.com' jamuna aryal
१५ फाल्गुन २०७५, बुधबार ०९:४३

भारोत्तोलन खेलाडी छनोट आठौं राष्ट्रिय खेलकुदमा प्रदेश ७ बाट सहभागी हुने भारोत्तोलन खेलाडीको टुंगो लागेको छ । धनगढीमा भएको प्रतिस्पर्धाबाट १० पुरुष र ६ महिला गरी १६ खेलाडी छनोट भएका छन् ।

पुरुष ५५ केजीमा कैलालीका रविलाल चौधरी र कञ्चनपुरका अशोकसिंह भण्डारी, ६१ केजीमा कैलालीका नारद चौधरी, ६७ केजीमा कञ्चनपुरका कोमल जोशी र कैलालीका श्रवणकुमार शर्मा, ७३ केजीमा कञ्चनपुरका दिपेन्द्र भण्डारी, ८१ क्ेजीमा कञ्चनपुरका विकास भट्ट, ८९ केजीमा कैलालीका सुजनसिंह आउजी, ९६ केजीमा कञ्चनपुरका विशालसिंह विष्ट तथा १०९ केजीमाथि कञ्चनपुरका सागर भण्डारी छनोट भए ।

महिला ४९ केजीमा सविना चौधरी र जानकी चौधरी, ५५ केजीमा प्रभा चौधरी, ६१ केजीमा सोनम चौधरी, ८१ केजीमा ज्योति चौधरी तथा ७६ केजीमा चम्पा ठकुल्ला छनोट भए । चम्पा कञ्चनपुर तथा बाँकी सबै कैलालीका हुन् ।

प्रतिक्रिया

slot gacor