बीपीएल: सन्दीपको टोली सिलेट सिक्सर्सले आज छैठौं खेल खेल्दै

ssapana44@gmail.com' jamuna aryal
४ माघ २०७५, शुक्रबार १०:२२

काठमाण्डौँ – बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली युवा सन्दीप लामिछानेको टोली सिलेट सिक्सर्सले आज आफ्नो छैठौं खेल ढाका डाइनामाइटसँग खेल्दैछ।

नेपाली समय अनुसार दिउँसो १:४५ बजे सिलेटमा हुने खेलमा घरेलु टोली तेस्रो जितको खोजिमा हुनेछ।

प्रतियोगिताको पाँच खेलबाट २ जितसहित पाँचौं स्थानमा रहेको सिलेटका लागि अघिल्लो चरण प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ।

टोलीका लागि नेपाली युवा सन्दीपको प्रदर्शन सुरूआती दुई खेलमा उत्कृष्ट थियो। उनले पहिलो खेलमा दुई विकेटसमेत लिएका थिए। तर, गत साता ढाका डाइनामाइट्ससँगै भएको खेलमा सन्दीप महंगा सावित हुँदै ४ ओभरमा ३३ रन खर्चिएर कुनै विकेट लिन सकेनन्।

त्यसपछिको एक खेल उनी टिमबाट बाहिरिएका थिए। यद्यपी बुधबार रंगपुर राइडर्सबिरुद्ध खेलेका उनले किफायती बलिङ गर्दै १ विकेटसमेत लिएका थिए।

अष्ट्रेलियाको बिग बास लिगमा सुरूवाती चार खेल खेलेर सनसनी मच्चाएका सन्दिप आफ्नो पूर्व सर्तअनुसार खेल बिचैमा छाडेर बंगलबादेश आएका हुन्। यद्यपी सन्दीपले बीपीएलमा पनि पूरै खेल्न पाउने छैनन्।

नेपाल र युएईबीच हुने एकदिवसीय र ट्वान्टी ट्वान्टी शृंखलाका लागि अर्को साता युएई जाने भएका छन्।

प्रतिक्रिया

slot gacor