निबुवा, भोगटे र ज्यामिर खानुहुन्छ जानिराख्नु यसका फाईदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०७४, सोमबार ०५:१३

डा. शेषराज उपाध्याय वरिष्ठ अर्युवेदरोग विशेषज्ञ ।

यो समयमा निबुवा, कागती, भोगटेजस्ता अमिलो फलफूल प्रशस्तै पाइन्छ । विशेषगरी, महिलाले मन पराउने यस्ता फलका औषधीय गुण पनि पाइन्छन् । त्यस्तै, सुन्तलाजन्य फलहरू जुनार, मौसम तथा ज्यामिर पनि अहिले नै पाइन्छन् । यस्ता फलफूल मौसमको खान्की मात्र नभएर विभिन्न रोगमा फाइदाजनक पनि रहेका छन् । केही फल र त्यसमा रहेका औषधीय गुणबारे वरिष्ठ आयुर्वेद चिकित्सक डा। शेषराज उपाध्यायले यस्तो बताएका छन्ः
निबुवा

lemon-1

पहाडी क्षेत्रमा बढी पाइने निबुवाले खाना पचाउन सहज बनाउँछ । यो पौष्टिक आहारको रूपमा पनि लिइने निबुवाले विशेषगरी घाँटीमा फाइदा गर्छ । यसको अमिलोपनाले रक्सीको नशा चाँडै उतार्छ । रसलाई पकाएर चुक अमिलो बनाइन्छ । चुक सुन्निएको ठाउँमा लगाउँदा फाइदा हुन्छ । विष विकारमा राम्रो गर्नुका साथै टुटेको हड्डीमा लेप लगाउँदा उपयोगी हुन्छ । फलको बोक्रा सेवन गर्दा चिसोले बनेको कफ हटाउँछ । यसको बिउले पायल्स, पित्त विकार र जलन हटाउँछ । यसको जरा सेवन गरे पेटमा परेको चुर्ना हटाउँछ र पेट दुखेकोमा फाइदा गर्छ । भोक जगाउँछ । पिसाबसम्बन्धी खराबी, पत्थरी र दा“त दुखेकोमा कम गराउन सहयोगी हुन्छ ।

भोगटे
pomelo
चार सयदेखि १४ सय मिटरसम्मको उचाइमा पाइने फलको केस्रा रातो हुन्छ । यसको रसले मानिसको शरीरमा रगतलाई बढाउँछ । फल खाएमा खाना पचाउन सहयोग गर्नुका साथै शक्ति दिन्छ, पित्त नास गर्छ, रक्तश्राव रोक्न मद्दत गर्छ । साथै, पिसाब नआउने समस्या भएमा खुलाउँछ, पेट सफा गर्छ ।

ज्यामिर
lemons-5

पाकेको ज्यामिरको रसले कब्जियत हुने समस्यालाई सहज बनाउँछ । यसमा पनि अम्लीयपन हुने कारण लागुपदार्थ सेवन गर्दा लाग्ने नशालाई कम गर्छ । गर्मी भएको वेलामा चिनी मिसाएर खाँदा शीतलता दिन्छ । फलले आन्द्रा सफा गर्छ । पाकेको फलको बोक्रा सेवन गर्दा भोक बढाउँछ । पेट दुखेको सन्चो गराउँछ । गानोगोलामा फाइदा गर्छ ।-नयाँ पत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०