सम्पत्ति शुद्धीकरण प्रकरण : व्यापारी दीपक भट्ट १० दिन थुनामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० चैत्र २०८२, शुक्रबार ०६:३४

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्ट माथि थप अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ।

बिहीबार माधवप्रसाद सुवेदी को इजलासले भट्टलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

यसअघि नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भट्टलाई ललितपुरबाट पक्राउ गरेको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी गतिविधिमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको छ।

यस प्रकरणमा यसअघि नै अध्यागमन विभाग ले भट्टलाई कालोसूचीमा राख्दै विदेश जान रोक लगाएको थियो। विभागको सिफारिसका आधारमा उक्त निर्णय गरिएको जनाइएको छ।

भट्ट र उनी आबद्ध कम्पनी तथा ती कम्पनीअन्तर्गतका सम्पत्तिमाथि पनि छानबिन जारी रहेको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply