प्रविण टिबडेवाल / रौतहट, ७ भाद्र ।
दस दिन देखि बन्द रहेको रौतहटको सदरमुकाम गौरमा प्रहरी र प्रर्दशनकारी बिच आज दोहरो झडप भएको छ ।
रौतहटको सदरमुकाम गौरमा प्रहरी र प्रदर्शनकारी बिच मmडप हुदा १ जना सुरक्षाकर्मी सहित ३१ जना प्रर्दशनकारी घाइते भएका छन भने स्थानिय प्रसाशनले दिउसो साढे चार बजे देखि बिहान ५ बजे सम्म गौर नगरपालिका क्षेत्र भित्र कर्फयु लगाएको छ । 
संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले सदरमुकाम गौरमा रहेको जिल्ला प्रसाशन कार्यालय ,रौतहट जिल्ला अदालत लगायतका कार्यालयमा ढुङ्गा मुढा गरेपछि प्रहरी र प्रदर्शनकारी बिच दोहरो मmडप भएको थियो । मmडपमा परि १ सुरक्षाकर्मी सहित ३१ जना प्रदर्शन घाइते भएको जिल्ला अस्पताल गौरले जनाएको छ । घाईतेहरु मध्ये गंभिर चोट लागेका गौर २ का सहिन्द्र महतो विरगंज रेफर गरीएको छ । बाकी घाईतेहरुको जिल्ला अस्पताल गौरमा उपचार भैइरहेको छ ।
मmडपमा परी सशस्त्र प्रहरी हवल्दार राम प्रवेश यादव घाईते भएका छन भने प्रहरीको गोली लागी रौतहट एफ.एममा कार्यरत भुषण मmा घाईते भएका छन् । उग्र प्रदर्शनलाइ नियन्त्रण गर्न प्रहरीले करीब दुई सय राउण्ड अश्रु ग्यास र सयौं राउण्ड रबर गोली र मेटल गोली चलाएको स्थानियले बताएका छन् ।
झडप पश्चात प्रदर्शनकारीले गौरको अदालत चौक र विपी चौकलाई रणभुमीमा परिणत गरीएको थियो । उग्र प्रदर्शनलाइ नियन्त्रण गर्न सोमवार दिउसो साढे चार बजे देखि मंगलवार बिहान ५ बजे सम्मका लागि गौर नपा क्षेत्र भित्र कर्फयु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए ।
आफ्नो हक अधिकारको लागि शान्तिपूर्ण आन्दोलनमा निहत्था जनतामाथि प्रहरीले अश्रुग्यास तथा गोली प्रहार गर्नु निन्दयिय रहेको तमलोपाका नेता बाबुलाल साहले आरोप लगाउनु भयो । प्रहरीहरु संयमित तरीकाले कार्यालय हाता भित्र बसी रहदा एक्कासि प्रर्दशनकारीहरु द्धारा ढुङ्गा मुढा प्रहार भएपछि शान्तिसुरक्षा कायम गर्न बाध्यताबस बल प्रयोग गर्नु परेको प्रजिअ भुजेलले जानकारी दिनुभयो ।
यता कर्फयु लगाईए पश्चात उग्र झडप साम्य भए पनि सर्पको टोकाईबाट घाईते एक सर्व साधारण लाई प्रहरीले बिना कसुर बाटोमा घेरा हालि निर्मम तरीकाले कुटे पछि शान्त भएको झडप पुन शुरु भएको थियो । दोबारा शुरु भएको भडप समाचार तयार पार्दा सम्म जारी रहेको छ भने प्रर्दशन कारीले बन्दको अवज्ञा गर्दै एउटा एम्बुलेन्स जलाएका छन ।

Comments are closed.
The government is abslutely irresponsible, and she is only influced with negative approach, and thinking only , How to crush the movement ? and only intend to constitute a dangerace war like situation between police force & people of madhesi movement.
एमाओवादी ले संविधान सभा छोड्नु पर्ने भो http://demrepubnepal.blogspot.com/2015/08/blog-post_753.html