पढ्नुहोस् ! किम जोङ उनको बारेमा केहि विचित्रका कुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ चैत्र २०७१, बुधबार ११:४२

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन रहस्यमयी नेता मानिन्छन् । व्यक्तित्व र व्यवहारले भन्दा पनि उत्तर कोरियाको बन्द समाजले उनका गतिविधिलाई रहस्यमय बनाउने गरेको छ । पाँच सातासम्म सार्वजनिक जीवनबाट बेपत्ता भएपछि उनी गत साता सार्वजनिक भए । कोरियाको सत्तारूढ कोरियाली मजदुर पार्टी स्थापना भएको ६९औँ वर्षगाँठमा पनि उनी देखा परेनन् । उत्तर कोरियामा सञ्चारमाध्यमलाई कडा सेन्सरअन्तर्गत राखिएकाले उनीबारे धेरै कुरा बाहिर आएका छैनन् । उनीबारे सार्वजनिक भएका तथ्यमध्ये केही रोचक तथ्य यस्ता छन् :-

:- युरोपेली मुलुक तथा अमेरिकाको प्रखर विरोधी भए पनि उनी बेलायती संगीतकार एरिक क्याप्टन र क्यानेडाली अभिनेता केनु रिभ्सका धुरन्धर फ्यान हुन् ।

:- उनको हेयरस्टाइल विदेशका युवाहरूले समेत कपी गर्ने गरेका छन् । उनको हेयरस्टाइल ‘जोङ उन कट’को नामले प्रख्यात छ । बाबु किम जोङ इल र हजुरबाबु किम इल सुङजस्तो देखिन नेता उनले प्लास्टिक सर्जरी गरेर कपाल त्यस्तो बनाएको चर्चा चल्ने गरे पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

:- नेता उन हजामलाई कपाल कटाउन दिँदैनन् । हजामसँग उनलाई सानोमा असाध्यै डर लाग्थ्यो, जुन डर अझै गएको छैन । उनी आफ्नो कपाल आफैं काट्छन् ।

:- राजकाज सञ्चालनमा उनले सानीआमा किम क्योङ–ह्वी र उनका पतिबाट परामर्श लिने गरेका छन् ।
:- बाबु किम जोङ इलको मृत्यु हुनुभन्दा केहीअघि उनलाई इलको भावी उत्तराधिकारीका रूपमा सार्वजनिक गरिएको थियो । त्यसअघि उनलाई अधिकांश उत्तर कोरियाली जनताले चिनेका थिएनन् ।

kim:- उनको जन्म कहिले भएको थियो भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन । यद्यपि, उनी १९८३ अथवा १९८४ मध्ये कुनै एक वर्षमा जन्मिएका हुन् भन्नेमा विवाद छैन । उत्तर कोरियाले जनवरी ८ मा राष्ट्रिय बिदा दिने गरेकाले उनको बर्थ–डे जनवरी ८ हो भन्ने अनुमान गरिएको छ ।

:- उनी अमेरिकी बास्केटबल खेलाडीद्वय डेनिस रोडम्यान र माइकल जोर्डनको खेल टिभीमा हेर्न भनेपछि मरिहत्ते गर्छन् । केही महिनाअघि उनले डेनिस रोडम्यानसँग भेट गरेका थिए ।

:- पहिचान लुकाउन उनले नक्कली नामबाट स्विटजरल्यान्डको इन्टरनेसनल बेर्न स्कुलबाट शिक्षा हासिल गरेका थिए । पाक उनको नामले स्कुलमा भर्ना भएका उनी स्कुल तथा कलेज जीवनमा मेधावी विद्यार्थीमा गनिँदैनथे । म्याथ र साइन्स विषयमा उनले दागी लगाइरहन्थे । संगीत र प्राविधिक शिक्षा विषयमा भने उनले सधैँ राम्रो गरे ।

:- उनले पोर्चुगलका आफ्नो बेस्ट फ्रेन्ड जोओ काइकलोसामु मात्रै आफ्नो पहिचान खुलाएका थिए ।

:- स्विटजरल्यान्डमा शिक्षा आर्जन गर्न बसेका वेला उनले अंग्रेजी, जर्मन र फ्रेन्च भाषा सिकेका थिए । युरोप बसाइका क्रममा उनी साथीहरूमाझ राजनीतिबारे कहिल्यै कुराकानी गर्दैन थिए ।

:- उत्तर कोरियाले चरम अमेरिकीविरोधी नीति लिने गरे पनि र नेता उनले विभिन्न सार्वजनिक समारोहमा अमेरिकाको चर्को आलोचना गर्ने गरेका भए पनि उनी अमेरिकी ब्रान्ड नाइकका जुत्ता असाध्यै रुचाउँछन् ।

:- उनी संसारकै कान्छा राष्ट्रप्रमुख हुन् । उनी २८ वर्षको उमेरमा राष्ट्रप्रमुख बनेका थिए ।

:- पूर्वभान्से केन्जी फुजिमोटोका अनुसार नेता उन बेस्कन रक्सी खान्छन् । हाइपरटेन्सनबाट ग्रस्त उनी डाइबेटिज रोगबाट पनि पीडित छन् ।

:- उनलाई बाबु किम जोङ इलको उत्तराधिकारी घोषणा गर्न सार्वजनिक गर्नुअघिका एउटाबाहेक उनका कुनै पनि फोटो अहिलेसम्म सार्वजनिक गरिएका छैनन् । किशोर अवस्थाको उनको एउटा श्यामश्वेत फोटो भने सार्वजनिक छ ।

:- उनी कोरियाली जनसेनाका डेजाङ पदको फुली लगाउँछन् । डेजाङ भनेको जर्नेलसरहको पद हो ।

:- उनले उत्तर कोरियामा कम्प्युटर साइन्स पढेका थिए । कोरियाको किम इल सुङ युनिभर्सिटीबाट भौतिकशास्त्र र किम इल सुङ मिलिटेरी एकेडेमीबाट सैन्य शास्त्रमा गरी दुई विषयमा स्नातकोत्तर गरेका छन् ।

:- स्विटजरल्यान्डमा पढ्दाताका एउटा परीक्षाअघि शिक्षकले परीक्षार्थीको झोला चेक गर्ने क्रममा उनको झोलाबाट वयस्कका लागि प्रकाशित हुने म्यागजिन फेला परेको थियो ।

:- उनी एक्सन मुभी असाध्य रुचाउँछन् । स्कुल तथा कलेज पढ्दाताकाका उनका बेस्ट एक्टर ज्याकी चेन थिएन।

:- पप संगीतमा चासो राख्ने नेता उनले उत्तर कोरियामा महिलाहरूको ‘के–पप’ ब्रान्ड स्थापना गरेका थिए । पप, रक र फ्युजन गीत गाउने सो ब्रान्डले अन्तर्राष्ट्रिय जगत्मा सन् २०१२ को जुलाई सातमा डेब्यु गरेको थियो ।

:- उनको अनुहारसँग ठ्याक्कै मिल्ने अनुहार भएका युवक सिंगापुर र चीनमा फेला परेका थिए । चीनको सेन्याङ सहरका एक सेकुवा पसले मान्चु तुआन ठ्याक्कै नेता उनजस्तो देखिन्छन् । यसबारे समाचार प्रकाशित भएपछि उनीसँग फोटो खिचाउन मानिसहरू उनको सेकुवा पसलमा ओइरिन थालेका थिए । सेकुवा खरिद गर्ने ग्राहकसँग मात्रै फोटो खिचाउने मापदण्ड उनले बनाएपछि उनको व्यापार राम्रोसँग फस्टाएको थियो ।

:- नेता उनसँग हुने कोरियाली सैनिकको हातमा बन्दुक नभई डायरी र कलम हुने गरेको छ । उनका साथमा रहने सैनिकहरू सबैले उनले बोलेका कुरा डायरीमा अनिवार्य रूपमा टिप्नुपर्छ । (एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१