गगन थापा नेतृत्वको कांग्रेस नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ कार्तिक २०८३, मंगलवार ०६:१३

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापा नेतृत्वमा १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण निर्वाचन आयोगमा बुझाएको छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा कांग्रेस महामन्त्री प्रदीप पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार कार्यसमितिको विवरण बुझाएका हुन्।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। त्यस्तै विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति, पुष्पा भुसाल महिला उपसभापति तथा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी उपसभापतिमा निर्वाचित भएका थिए।

त्यसैगरी प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला महामन्त्रीमा निर्वाचित भएका थिए। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले कात्तिक १३ गते शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका थिए।

निर्वाचन आयोगमा विवरण बुझाएसँगै कांग्रेसको नयाँ नेतृत्वलाई आधिकारिक अभिलेखमा अद्यावधिक गर्ने प्रक्रिया अघि बढेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor