भीमसेन टोलको निर्माणाधीन पार्क छिट्टै पूरा गर्ने वडाध्यक्ष श्रेष्ठको प्रतिबद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० आश्विन २०८३, मंगलवार ०७:०५

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–२ स्थित भीमसेन टोल, धोबीखोला करिडोरमा निर्माणाधीन पार्कको बाँकी काम छिट्टै सम्पन्न गरिने भएको छ।

वडावासीको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राख्दै निर्माणाधीन पार्कको बाँकी कामलाई तीव्रता दिई स्वच्छ, हरियाली तथा नागरिकमैत्री सार्वजनिक स्थलका रूपमा विकास गर्ने वडा कार्यालयले जनाएको छ।

पार्क निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई खुला तथा हरियाली वातावरणमा समय बिताउन, विश्राम गर्न तथा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। सार्वजनिक स्थलको संरक्षण र व्यवस्थित विकासमार्फत वडाको वातावरणीय सौन्दर्य तथा नागरिकको जीवनस्तरमा समेत सकारात्मक प्रभाव पार्ने लक्ष्य राखिएको छ।

बुढानीलकण्ठ नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले विकासका काम सुरु गरेर अधुरो छाड्नेभन्दा सम्पन्न गरी त्यसको प्रतिफल नागरिकले प्रत्यक्ष अनुभूति गर्ने वातावरण बनाउन वडा कार्यालय प्रतिबद्ध रहेको बताए।

“वडावासीको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राख्दै स्वच्छ, हरियाली र नागरिकमैत्री सार्वजनिक स्थल निर्माण गर्ने हाम्रो प्रतिबद्धता निरन्तर अघि बढिरहेको छ। काम अधुरो नरहोस्, विकासको प्रतिफल जनताले अनुभूति गर्न पाऊन् भन्ने हाम्रो मुख्य उद्देश्य हो,” वडाध्यक्ष श्रेष्ठले भने।

उनका अनुसार भीमसेन टोलमा निर्माणाधीन पार्कलाई व्यवस्थित र उपयोगी सार्वजनिक स्थलका रूपमा विकास गर्न बाँकी रहेका कामलाई प्राथमिकताका साथ अघि बढाइनेछ। स्थानीयको आवश्यकताअनुसार पार्कको उपयोगिता बढाउने विषयमा समेत ध्यान दिइने उनले बताए।

वडाध्यक्ष श्रेष्ठले वडाको विकास निर्माणमा स्थानीयवासीको आवश्यकता, सुझाव र सहभागितालाई प्राथमिकतामा राख्दै सार्वजनिक पूर्वाधारलाई दीर्घकालीन रूपमा उपयोगी बनाउने नीति वडा कार्यालयले लिएको बताए।

Screenshot

प्रतिक्रिया

Leave a Reply

slot gacor