भोटेकोशी बाढीको कहर : मानवीय क्षति १ हजार ३ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०८३, बुधबार ०५:५६

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट विभिन्न जिल्लामा भएको क्षतिका कारण हालसम्म १ हजार ३ जनाको मानवीय क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन्।

प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन्।

फेला परेका शवमध्ये रसुवामा ४१, नुवाकोटमा ९५, धादिङमा ५७, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० र चितवनमा ३२१ रहेका छन्। चितवनलगायतका विभिन्न स्थानमा मानव अंगसमेत फेला परेको प्राधिकरणले जनाएको छ।

बाढी तथा अन्य विपद्जन्य घटनामा हालसम्म २७९ जना घाइते भएका छन् भने विभिन्न अस्पतालमा उपचाररतमध्ये १६८ जना डिस्चार्ज भइसकेका छन्।

प्राधिकरणका अनुसार हालसम्म ११ हजार ८८४ जनाको उद्धार गरिएको छ। उद्धार अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकाय निरन्तर परिचालित छन्।

नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै ३ हजार ५०९ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरेको जनाएको छ।

सम्पर्कविहीनको संख्या ठूलो रहेकाले प्रभावित नदी किनार, बस्ती, जलविद्युत् आयोजना तथा जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार अभियानलाई थप तीव्र बनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor