लुम्बिनी प्रदेशमा तीन नयाँ मन्त्रीले लिए शपथ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०८३, बुधबार ०६:०१

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन्। समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्यको समेत उपस्थिति थियो।

शपथ लिने तीनै जना मन्त्री **नेपाली कम्युनिस्ट पार्टी (नेकपा)**का तर्फबाट प्रदेशसभा सदस्य हुन्। नयाँ जिम्मेवारीअनुसार दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालयकृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

गत साउन १२ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिएपछि नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता सहकार्यको प्रक्रिया अघि बढेको थियो। सहमतिअनुसार वर्तमान सरकारमा एमालेबाट मुख्यमन्त्रीसहित चार, नेकपाबाट तीन र जनता समाजवादी पार्टी, नेपालबाट दुई जना मन्त्री रहने व्यवस्था गरिएको छ। सोही राजनीतिक सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।

मन्त्रिपरिषद् पुनर्गठनसँगै केही मन्त्रीको जिम्मेवारीसमेत हेरफेर गरिएको छ। यसअघि स्वास्थ्य मन्त्रालय सम्हाल्दै आएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, कृषि मन्त्रालय सम्हाल्दै आएका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय तथा सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका सन्तोषकुमार पाण्डेयलाई सहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिस गरिएको छ।

मन्त्रिपरिषद् पुनर्गठनसँगै लुम्बिनी प्रदेश सरकारमा सत्ता गठबन्धनको नयाँ समीकरणअनुसार मन्त्रालयगत जिम्मेवारीसमेत व्यवस्थित गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor