गोपालमान श्रेष्ठलाई कांग्रेसको ‘वरिष्ठ नेता’ बनाउने घोषणा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०८३, शुक्रबार ०६:११

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति तथा वरिष्ठ राजनीतिज्ञ गोपालमान श्रेष्ठलाई नेपाली कांग्रेसको ‘वरिष्ठ नेता’ चयन गर्ने घोषणा गरेका छन्।

४४औँ बीपी स्मृति दिवस तथा ‘जरा अभियान’को समापनका अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले श्रेष्ठको लामो राजनीतिक योगदानको सम्मानस्वरूप उक्त घोषणा गरेका हुन्।

हाल क्यान्सर रोगबाट पीडित श्रेष्ठ विगत १० दिनदेखि काठमाडौंस्थित अस्पतालको हेपाटोलोजी तथा आइसियु कक्षमा उपचाररत छन्। स्वास्थ्य अवस्था जटिल रहेकै समयमा पार्टी नेतृत्वले उनको प्रजातान्त्रिक आन्दोलन र कांग्रेसप्रतिको योगदानको उच्च मूल्याङ्कन गर्दै यो निर्णय गरेको जनाएको छ।

सभापति थापाका अनुसार उक्त निर्णयलाई आगामी केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक रूपमा अनुमोदन गराइनेछ।

श्रेष्ठ पार्टी विभाजनका बेला तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति, नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्रीसमेत भइसकेका नेता हुन्। उनले गत पुसमा सम्पन्न पार्टीको विशेष महाधिवेशनमा पनि सक्रिय भूमिका निर्वाह गरेका थिए।

नेपाली कांग्रेसले श्रेष्ठको लामो निष्ठा, समर्पण र पार्टीप्रतिको योगदानको कदर गर्दै उनलाई पार्टीको सर्वोच्च वरीयतासहितको ‘वरिष्ठ नेता’को जिम्मेवारीमा स्थापित गर्न लागेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor