सर्वोच्चको आदेशपछि पूर्वसांसद लक्ष्मी महतो कोइरी थुनामुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०८३, शुक्रबार ०६:०१

जनकपुरधाम । नेकपा (एमाले) का पूर्वसांसद लक्ष्मी महतो कोइरी सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्।

बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलकुमार रेग्मी को संयुक्त इजलासले कोइरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको हो।

अदालतले गत असार १९ गते जारी गरिएको कैदी पुर्जी कानुनसम्मत नरहेको ठहर गर्दै उक्त आदेश जारी गरेको जनाएको छ।

यसअघि थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले कोइरीलाई पाँच वर्षको कैद सजाय सुनाएको थियो। सोही फैसलाका आधारमा पक्राउ परेका उनलाई जलेश्वर कारागार चलान गरिएको थियो।

सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै कोइरी कारागारबाट रिहा भएका छन्। यद्यपि, उक्त मुद्दासम्बन्धी कानुनी प्रक्रिया भने प्रचलित कानुनअनुसार अगाडि बढ्नेछ।

प्रतिक्रिया

Leave a Reply

slot gacor