न्याय परिषद्को व्यापक सरुवा : २०७ न्यायाधीशको जिम्मेवारी हेरफेर, विशेष अदालतमा बासुदेव आचार्य सिफारिस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०८३, शुक्रबार ०५:४४

काठमाडौं । न्याय परिषद्ले बिहीबार (असार ३२, २०८३) बसेको बैठकबाट उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ गरी कुल २०७ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। साथै परिषद्ले विभिन्न विशेष न्यायिक निकायका अध्यक्ष नियुक्तिका लागि नेपाल सरकारलाई सिफारिस तथा परामर्श पनि दिएको छ।

परिषद्को निर्णयअनुसार बासुदेव आचार्य लाई विशेष अदालत को अध्यक्षमा नियुक्त गर्न नेपाल सरकारलाई परामर्श दिइएको छ। उक्त पदमा यसअघि सुदर्शनदेव भट्ट कार्यरत थिए।

यस्तै, दीपेन्द्र अधिकारी लाई श्रम अदालत को अध्यक्षमा नियुक्त गर्न परिषद्ले सिफारिस गरेको छ।

राजस्व न्यायाधिकरणका अध्यक्ष तथा कानुन सदस्यका लागि पनि परिषद्ले विभिन्न न्यायाधीशहरूको नाम सरकारसमक्ष सिफारिस गरेको छ। सोअनुसार काठमाडौंका लागि ध्रुवराज नन्द, पोखराका लागि अन्जु उप्रेती ढकाल र विराटनगरका लागि दिपेन्द्रबहादुर बम लाई अध्यक्ष एवं कानुन सदस्यका रूपमा नियुक्त गर्न नेपाल सरकारलाई परामर्श दिइएको छ।

न्याय परिषद्को यस निर्णयसँगै देशभरका उच्च तथा जिल्ला अदालतमा न्यायाधीशहरूको जिम्मेवारीमा व्यापक हेरफेर भएको छ। परिषद्ले न्यायिक प्रशासनलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउन सरुवा तथा नियुक्तिसम्बन्धी निर्णय गरिएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor