जनतासँग निरन्तर संवाद गर्न सभामुख अर्यालको सांसदहरूलाई आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ असार २०८३, बिहीबार ०७:०६

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले संसद् र जनताबीचको सम्बन्ध सुदृढ हुँदा लोकतन्त्र थप उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने भन्दै सांसदहरूलाई जनतासँग निरन्तर संवाद गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभा बैठकको अन्त्यमा उनले जनप्रतिनिधिले जनताका आवाज, आकांक्षा र अपेक्षालाई संसदसम्म पुर्‍याउने तथा संसदका निर्णयलाई जनतामाझ लैजाने महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। जनतासँग निरन्तर सम्पर्कमा रही उनीहरूको सुझाव र जनमतलाई संसदीय प्रक्रियामा प्रतिबिम्बित गर्नु सांसदहरूको आधारभूत जिम्मेवारी भएको उनको भनाइ थियो।

सभामुख अर्यालले प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बस्ने जानकारी दिँदै यस अवधिमा सांसदहरूले सरकारका नीति, कार्यक्रम, कानुन निर्माण र सेवा प्रवाहबारे जनस्तरको प्रतिक्रिया, चासो र सुझाव संकलन गर्नुपर्ने बताए। साथै, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहअस्तित्वलाई थप सुदृढ बनाउँदै स्थानीय तहका समस्या र अपेक्षालाई संघीय तहसम्म पुर्‍याउने भूमिका पनि सांसदहरूले निर्वाह गर्नुपर्नेमा जोड दिए।

सरकारले आगामी आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेको उल्लेख गर्दै सभामुख अर्यालले प्रचलित कानुनको पुनरावलोकन, संशोधन, एकीकरण तथा आवश्यक नयाँ कानुन निर्माणमा संसद्को भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

slot gacor