रास्वपालाई गगन थापाको सुझाव : “नेतालाई भगवान् नबनाउनुहोस्, प्रश्न गर्न नछाड्नुहोस्”

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०८३, सोमबार ०५:०६

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालाई आफ्ना नेताहरूलाई ‘भगवान्’ वा ‘बा’ नबनाउन आग्रह गरेका छन्।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कुनै पनि दलभित्र स्वस्थ लोकतन्त्रका लागि आफ्नै नेतृत्वलाई प्रश्न गर्न सक्ने संस्कार आवश्यक रहेको बताए। उनले कांग्रेसले नेतृत्वलाई प्रश्न गर्न नसक्दा मूल्य चुकाउनुपरेको अनुभव सुनाउँदै रास्वपाले त्यस्तो गल्ती दोहोर्याउन नहुने उल्लेख गरे।

“हामीले आफ्ना नेताहरूलाई भगवान् र ‘बा’ बनाएर गल्ती गर्यौं, त्यसको सजाय पनि भोग्यौं,” थापाले भने, “गल्ती हुँदा आफ्नै नेतालाई प्रश्न गर्न नडराउनुहोस्। अन्य पार्टीलाई औँला उठाउनुभन्दा पहिले आफ्नै पार्टीभित्र सुधार गर्न सक्नुपर्छ।”

उनले रास्वपाका कार्यकर्तालाई आलोचनात्मक सोच, आन्तरिक लोकतन्त्र र जवाफदेहिताको संस्कार बलियो बनाउन सुझाव दिँदै नेतृत्वलाई निरन्तर प्रश्न गर्ने साहस राख्न आग्रह गरे।

प्रतिक्रिया

slot gacor