बैंकिङ कसुर मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाल थुनामै रहने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ असार २०८३, शनिबार ०५:२४

काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ।

न्यायाधीशद्वय ऋषिराज भण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो। यसअघि विशेष अदालतले पनि सम्पत्ति शुद्धीकरण मुद्दामा दुवैलाई थुनामा पठाएको थियो।

प्रहरीले भट्टलाई चैत १९ गते र अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो। उनीहरूमाथि बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा मुद्दा चलिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor