काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको गरिमामय १८औँ नगर सभा अधिवेशनको पहिलो बैठक भव्यताका साथ सम्पन्न भएको छ।
नगरको समृद्धि, दिगो विकास तथा जनअपेक्षालाई सम्बोधन गर्ने विभिन्न महत्वपूर्ण एजेन्डाहरूमा केन्द्रित उक्त अधिवेशनमा नगर प्रमुख, उप–प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप–प्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला को उपस्थिति रहेको थियो।
त्यसैगरी नगरको नीति निर्माण तथा विकास प्रक्रियालाई थप प्रभावकारी बनाउन वडा नं. १ देखि १३ सम्मका सबै वडा अध्यक्षहरू, वडा सदस्यहरू तथा नगर सभा सदस्यहरूको सक्रिय र उत्साहजनक सहभागिता रहेको थियो।
नगर सभामा स्थानीय विकास योजना, सेवा प्रवाह सुधार तथा आगामी आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल केन्द्रित गरिएको जनाइएको छ।
प्रतिक्रिया