नुवाकोटको कल्छेपाखामा आधुनिक ज्येष्ठ नागरिक आश्रम निर्माण सुरु, प्रदेश सभा सदस्य महतद्वारा शिलान्यास

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०८३, शनिबार ०७:०६

बिदुर, नुवाकोट ।  नुवाकोटको पूर्वी भेगस्थित लिखु गाउँपालिका–५ कल्छेपाखामा ज्येष्ठ नागरिकका लागि आधुनिक तथा सुविधा सम्पन्न आश्रम निर्माण कार्य सुरु भएको छ। उक्त आश्रमको निर्माण कार्य शिलान्याससँगै औपचारिक रूपमा सुरु गरिएको हो।

कार्यक्रममा प्रदेश सभा सदस्य महतले आश्रमको शिलान्यास गर्दै निर्माण कार्यको शुभारम्भ गरेका हुन्। स्थानीय तहमा ज्येष्ठ नागरिकको संरक्षण, हेरचाह तथा सम्मानजनक बसोबास सुनिश्चित गर्ने उद्देश्यले यो आश्रम निर्माण थालिएको बताइएको छ।

निर्माणपछि आश्रमले वृद्धवृद्धाहरूलाई सुरक्षित आवास, स्वास्थ्य सेवा तथा आवश्यक आधारभूत सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। स्थानीय बासिन्दाले यस परियोजनाले सामाजिक सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply