प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० बैशाख २०८३, बुधबार ०५:३१

काठमाडौं ।  रामचन्द्र पौडेल ले सभामुख डोलप्रसाद अर्याल को सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राई लाई पदबाट हटाएका छन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य ले मंगलबार जारी गरेको विज्ञप्तिमा २०८३ वैशाख २९ गतेदेखि लागू हुने गरी राईलाई पदमुक्त गरिएको जानकारी दिएका छन्।

विज्ञप्तिअनुसार सभामुख अर्यालको २०८३ वैशाख २८ गतेको सिफारिसका आधारमा सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदबाट हटाइएको हो।

हर्कराज राई २०८१ पुस १६ गते प्रतिनिधिसभाको सचिवमा नियुक्त भएका थिए। उनलाई तत्कालीन सभामुख देवराज घिमिरे ले नियुक्तिका लागि सिफारिस गरेका थिए।

प्रतिनिधिसभाको सचिव पद संवैधानिक व्यवस्था अन्तर्गत रहने पद हो। संविधानअनुसार सभामुखको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको सचिव नियुक्त गर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया

Leave a Reply