राष्ट्रपतिले नीति तथा कार्यक्रम पढिरहँदा सदनबाट बाहिरिए प्रधानमन्त्री शाह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ बैशाख २०८३, मंगलवार ०५:२४

काठमाडौं ।  आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह सदनबाट बाहिरिएको विषयलाई लिएर राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा रामचन्द्र पौडेल ले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका थिए। नीति तथा कार्यक्रम प्रधानमन्त्री शाह नेतृत्वको सरकारकै भए पनि सम्बोधनकै बीचमा प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिएको दृश्यले धेरैको ध्यान तानेको हो।

राष्ट्रपतिले एक घण्टा १८ मिनेट लामो सम्बोधन गरिरहँदा प्रधानमन्त्री शाह सम्बोधन सुरु भएको करिब ५६ औँ मिनेटमा आफ्नो सिटबाट उठेर बाहिरिएका थिए। त्यसपछि राष्ट्रपतिले सम्बोधन समाप्त नगरेसम्म प्रधानमन्त्रीको सिट खाली रहेको बताइएको छ।

प्रतिपक्षको आलोचना

यस विषयमा प्रतिपक्षी दलहरूले कडा प्रतिक्रिया जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलाल ले प्रधानमन्त्रीको व्यवहारलाई “अशोभनीय” बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने,
“आधा पढ्दापढ्दै प्रधानमन्त्री हिँड्नु अशोभनीय हर्कत हो। राष्ट्रपतिले सदनमा आफैँले हस्ताक्षर गरेको नीति तथा कार्यक्रम पढिरहँदा उठेर हिँड्नु राष्ट्रिय लज्जाको विषय हो।”

उनले नीति तथा कार्यक्रममा नयाँपनको अभाव रहेको टिप्पणी गर्दै प्रधानमन्त्री आफैँलाई समेत कार्यक्रम सुन्न “बोर” लागेको जस्तो देखिएको आरोप लगाए।

नीति तथा कार्यक्रम के हो ?

‘नीति तथा कार्यक्रम’ भनेको सरकारले आगामी आर्थिक वर्षमा देश कसरी सञ्चालन गर्ने, कुन क्षेत्रमा प्राथमिकता दिने र के–कस्ता योजना कार्यान्वयन गर्ने भन्ने समग्र खाका हो। यसमा सरकारका प्राथमिकता, विकास रणनीति र आगामी योजनाहरू समावेश हुन्छन्।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति वा सरकार प्रमुखले संघीय संसद्को संयुक्त बैठकमा उक्त नीति तथा कार्यक्रम वाचन गर्ने व्यवस्था रहेको छ। राष्ट्रपति वा सरकार प्रमुखले वाचन गरे पनि कार्यक्रम भने सरकारकै नीति तथा योजनामा आधारित हुन्छ।

प्रतिक्रिया

Leave a Reply