काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको ‘संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण’ कार्यक्रममा सांसदहरूको न्यून उपस्थिति देखिएपछि पार्टी नेतृत्व असन्तुष्ट बनेको छ।
‘सक्षम सांसद, सशक्त संसद’ भन्ने नारासहित पार्टीको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित दुईदिने प्रशिक्षण कार्यक्रम ललितपुरको जावलाखेल मा शनिबारदेखि सुरु भएको हो।
प्रशिक्षण कार्यक्रममा पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबीन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्य लगायत पदाधिकारी तथा केही सांसद सहभागी भएका छन्।
तर अपेक्षाअनुसार सांसद उपस्थित नभएपछि संसदीय दलका उपनेता गणेश पराजुली ले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका छन्।
उद्घाटन मन्तव्यका क्रममा उनले यस्ता प्रशिक्षणलाई केवल औपचारिक कार्यक्रम नभई नयाँ राजनीतिक संस्कार निर्माण गर्ने र आत्ममूल्यांकन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताएका थिए। उनले कार्यक्रममा अनुपस्थित हुनु संसदीय जिम्मेवारीप्रति उदासीनताको संकेत भएको टिप्पणी गरे।
पराजुलीले अबको राजनीति केवल नारामुखी नभई अध्ययन, क्षमता विकास र परिणाममुखी कार्यशैलीमा आधारित हुनुपर्नेमा जोड दिए। संसदीय दलले पटक–पटक सूचना प्रवाह गर्दा पनि अपेक्षित उपस्थिति नदेखिएको भन्दै उनले यस विषयलाई पार्टीले गम्भीर रूपमा मूल्यांकन गर्ने चेतावनी समेत दिएका छन्।
पहिलो दिनको प्रशिक्षण ‘सदन र सरकारको अन्तरसम्बन्ध एवं संसदीय प्रक्रिया’ मा केन्द्रित रहेको छ।
यसअन्तर्गत:
दोस्रो दिन:
कार्यक्रमको समापनमा पार्टी सभापति रवि लामिछाने ले सांसदहरूलाई विशेष निर्देशनात्मक मन्तव्य दिने कार्यक्रम रहेको छ।
प्रतिक्रिया