काठमाडौं। संवैधानिक परिषद्मा प्रधानन्यायाधीश नियुक्ति सिफारिसको विषयलाई लिएर असहमति देखिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्ने निर्णयमा परिषद्का सदस्य तथा नारायण दाहाल र विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले असहमति जनाएका हुन्।
राष्ट्रियसभा अध्यक्षसमेत रहेका दाहालले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्ने स्थापित अभ्यास र परम्परा तोडिएको भन्दै निर्णयमा समर्थन गर्न नसकेको बताएका छन्।
उनले भने, “प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश सिफारिस गर्ने अभ्यास थियो। तर त्यो परम्परा र विधि मिचेर रोलक्रमको चौथो नम्बरमा रहेका न्यायाधीशलाई सिफारिस गर्ने निर्णयमा हामी सहमत हुन सकेनौं।”
नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशलाई छाडेर रोलक्रमको चौथो वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको यो पहिलो घटना हो।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए डा. मनोज शर्मा नेपालको ३३ औं प्रधानन्यायाधीश बन्नेछन्।
प्रतिक्रिया