बागमती प्रदेशमा आज तेस्रो ‘प्रदेश भाषा दिवस’ मनाइँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०८३, बिहीबार ०६:२३

काठमाडौं। बागमती प्रदेश सरकारले आज (बिहीबार) विभिन्न कार्यक्रमका साथ तेस्रो ‘प्रदेश भाषा दिवस’ मनाउँदैछ।

२०८१ सालदेखि सुरु गरिएको यो दिवस यस वर्ष पनि विशेष उत्साहका साथ मनाउन लागिएको हो।

बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० कार्यान्वयनमा आएको दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख २४ गते ‘प्रदेश भाषा दिवस’ मनाउने गरिएको छ। उक्त ऐन २०८० कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो।

ऐनअनुसार राजपत्रमा प्रकाशित भएको १८० दिनपछि अर्थात् २०८१ वैशाख २४ गतेदेखि यो पूर्ण रूपमा कार्यान्वयनमा आएको थियो। सोही ऐतिहासिक दिनलाई आधार मानी प्रदेश सरकारले भाषा दिवस मनाउन थालेको दीपेन्द्र सुवेदीले जानकारी दिएका छन्।

भाषा दिवसको अवसरमा बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको समन्वयमा प्रदेशभर विविध कार्यक्रम आयोजना गरिएको छ।

यस अवसरमा प्रदेश सरकारले सबै सरकारी निकाय तथा सार्वजनिक संघ–संस्थामा सार्वजनिक बिदा समेत दिएको छ।

प्रदेश सरकारले यस दिवसमार्फत प्रदेशभित्र बोलिने विभिन्न मातृभाषाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply