काठमाडौं। सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) मुद्दामा पक्राउ परेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अनुसन्धानका लागि थप हिरासत आवश्यक रहेको भन्दै म्याद थपको अनुमति दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को समन्वयमा व्यवसायी भट्टलाई चैत १९ गते तथा शंकर ग्रुपका सञ्चालक अग्रवाललाई चैत २२ गते पक्राउ गरेको थियो।
उनीहरूमाथि अवैध आर्थिक कारोबार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया