काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल ले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको हो।
संसद् अधिवेशन चालु नरहेको अवस्थामा आवश्यक कानुनी व्यवस्था मिलाउन अध्यादेश जारी गरिएको बताइएको छ। सरकारले विभिन्न कानुनहरूमा आवश्यक संशोधन गर्दै प्रशासनिक तथा नीतिगत कार्यलाई सहज बनाउने उद्देश्यले उक्त अध्यादेश अघि बढाएको जनाइएको छ।
यो अध्यादेश अब संघीय संसद्को आगामी अधिवेशनमा पेश हुनेछ र संसद्ले स्वीकृत गरेपछि ऐनका रूपमा लागू हुनेछ।
प्रतिक्रिया