समानुपातिकतर्फ RSP पहिलो, कांग्रेस दोस्रो र एमाले तेस्रो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ फाल्गुन २०८२, शुक्रबार ०६:४०

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम सिट बाँडफाँटको नतिजा सार्वजनिक गरेको छ। आयोगका अनुसार यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेख्य जनमतसहित समानुपातिकतर्फ सबैभन्दा बढी सिट प्राप्त गर्न सफल भएको छ।

आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) ५७ सिटसहित पहिलो स्थानमा रहेको छ। त्यसैगरी नेपाली कांग्रेस २० सिटसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले १६ सिट प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएको छ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीले ९ सिट प्राप्त गरेको छ। श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समान ४–४ सिट प्राप्त गरेका छन्।

दलहरूले प्राप्त गरेको अन्तिम सिट विवरण :

  • राष्ट्रिय स्वतन्त्र पार्टी : ५७ सिट

  • नेपाली कांग्रेस : २० सिट

  • नेकपा एमाले : १६ सिट

  • नेपाल कम्युनिष्ट पार्टी : ९ सिट

  • श्रम संस्कृति पार्टी : ४ सिट

  • राष्ट्रिय प्रजातन्त्र पार्टी : ४ सिट

समानुपातिकतर्फको यस नतिजाले संसद्को समीकरणमा नयाँ दलहरूको बलियो उपस्थितिलाई देखाएको छ। साना दलहरूले पनि प्रतिनिधिसभामा आफ्नो उपस्थिति कायम राख्न सफल भएका छन्।

निर्वाचन आयोगले अब छिट्टै निर्वाचित सांसदहरूको अन्तिम नामावली प्रमाणीकरण गरी राष्ट्रपति समक्ष बुझाउने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply