काठमाडौं । नेपालकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता डा. राजन भट्टराई बीच हालै भएको भेटवार्ताले काठमाडौं क्षेत्र नम्बर–४ को राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ।
सो भेटमा काठमाडौं–४ मा एमालेको आसन्न निर्वाचनका लागि संगठन सुदृढीकरण र भावी रणनीतिबारे अर्थपूर्ण संवाद भएको बुझिएको छ। डा. भट्टराई लामो समयदेखि काठमाडौं–४ मा सक्रिय राजनीतिज्ञका रूपमा परिचित छन् भने उक्त क्षेत्र पूर्व राष्ट्रपतिको राजनीतिक कर्मभूमि समेत मानिन्छ।
स्थानीय विकास, पूर्वाधार विस्तार र जनसरोकारका मुद्दामा निरन्तर सक्रिय रहँदै आएका भट्टराईले आगामी चुनावलाई लक्षित गर्दै जनसम्पर्क तीव्र बनाइरहेका छन्। पूर्व राष्ट्रपति भण्डारीसँगको भेटलाई राजनीतिक विश्लेषकहरूले प्रतीकात्मक र सन्देशमूलक रूपमा हेरेका छन्।
एमालेभित्रको एकता, नेतृत्व तहको समन्वय र संगठनात्मक मजबुतीको संकेतका रूपमा यस भेटलाई व्याख्या गरिएको छ, जसले चुनावी नतिजामा समेत सकारात्मक प्रभाव पार्ने विश्लेषण गरिएको छ।
आगामी निर्वाचनलाई मध्यनजर गर्दै काठमाडौं–४ को राजनीतिक माहोल थप चासोको विषय बनेको छ। पूर्व राष्ट्रपतिसँगको यो भेटले डा. भट्टराईको राजनीतिक कदमलाई अझै अर्थपूर्ण बनाएको टिप्पणी गरिएको छ।













प्रतिक्रिया