काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज देशका पूर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा वर्षा, चट्याङ तथा असिनापानी परेको छ। विशेषगरी मध्य र पूर्वी क्षेत्रमा पश्चिमको तुलनामा बढी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौँको जरसिंहपौवा तथा नुवाकोटको ककनीलगायत क्षेत्रमा असिनासहित वर्षा भएको छ।
विभागमा साँझ अभिलेख गरिएको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा सङ्खुवासभामा ३६.८ मिलिमिटर मापन गरिएको छ। त्यसपछि सिन्धुपाल्चोकमा २५.६ मिलिमिटर वर्षा भएको छ।
त्यस्तै,
ताप्लेजुङमा २४ मिलिमिटर
नुवाकोटमा ११ मिलिमिटर
गोरखामा १३ मिलिमिटर
पर्वतमा २०.६ मिलिमिटर
म्याग्दीमा १०.६ मिलिमिटर
प्यूठानमा १३.८ मिलिमिटर
रोल्पामा २०.८ मिलिमिटर
ललितपुरमा १३.२ मिलिमिटर
काठमाडौँमा २.६ मिलिमिटर
भक्तपुरमा ३.४ मिलिमिटर
दोलखामा ८.४ मिलिमिटर वर्षा भएको छ।
अन्य धेरै जिल्लामा १० मिलिमिटरभन्दा कम वर्षा भएको विभागले जनाएको छ। केही स्थानमा असिनासहितको वर्षा भएको थियो।
प्रतिक्रिया