धादिङ बस दुर्घटना: १९ जनाको पहिचान खुल्यो, २६ घाइते उपचाररत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ फाल्गुन २०८२, मंगलवार ०६:५३

काठमाडौँ ।  धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदीस्थित भैंसेगौंडामा सोमबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १९ जनाको पहिचान खुलेको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्स को ग२ख १४२१ नम्बरको बस दुर्घटनामा परेर १९ जनाको ज्यान गएको हो। दुर्घटनामा अन्य २६ जना घाइते भएका छन् र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सनाखत भएका मृतकहरूको विवरण

  • स्टेवार्ट डोमिनिक इथान, २४ वर्ष, बेलायती नागरिक

  • विवेक बस्तोला, ४० वर्ष, पोखरा महानगरपालिका–३०, कास्की

  • चन्द्रबहादुर कुँवर, ६३ वर्ष, नागार्जुन नगरपालिका–६, काठमाडौं (स्याङ्जा निवासी)

  • ओमकुमार मल्ल, ४० वर्ष, व्यास गाउँपालिका–४, तनहुँ

  • इन्जिनियर ठकुरी, ३० वर्ष, त्रिपुरासुन्दरी गाउँपालिका–४, धादिङ

  • विष्णुमाया ढकाल, ५५ वर्ष, शुक्लागण्डकी गाउँपालिका–७, तनहुँ

  • लोप्साङ गोले, ४२ वर्ष, बौद्ध टुसाल, काठमाडौं

  • हरिप्रसाद सिग्देल, ४६ वर्ष, तनहुँ

  • नवीन्द्र श्रेष्ठ, ५५ वर्ष, तानसेन नगरपालिका–२, पाल्पा

  • रुद्रप्रसाद ढकाल, ६३ वर्ष, शुक्लागण्डकी गाउँपालिका–७, तनहुँ

  • अर्चना पौडेल, २० वर्ष, शुक्लागण्डकी गाउँपालिका–२, तनहुँ

  • अञ्जली क्षेत्री, २१ वर्ष, पोखरा–१४, कास्की

  • रोहित नेपाली, २१ वर्ष, माछापुच्छरे गाउँपालिका–३, कास्की

  • धनश्याम सुवेदी, ४५ वर्ष, पुतलिबजार नगरपालिका–६, स्याङ्जा

  • अनिशा महर्जन, ३३ वर्ष, काठमाडौं

  • हीरा चौधरी, २७ वर्ष, उर्लाबारी–१, मोरङ

  • सुजित नेपाली, २६ वर्ष, पोखरा–१९, कास्की

  • मनिष शुक्ला, ३२ वर्ष, बहराईच, उत्तर प्रदेश, भारत

  • एक चिनियाँ नागरिक, ४० वर्ष

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। स्थानीय बासिन्दा, प्रहरी र उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार गरी अस्पताल पठाइएको थियो।

घटनाले देशभर शोकको वातावरण सिर्जना गरेको छ।

प्रतिक्रिया